सोमवार, असार ९, २०७६
ताजा फोटो फिचर समाचार

भक्तपुरमा पुस २६ देखी तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०१९ हुने

जगत प्रजापति /भक्तपुर पुस ७, भक्तपुर विद्युतिय सामाग्री व्यवसायी संघको आयोजनामा भक्तपुरमा आगामी पुस २६ गतेदेखी तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०१९ हुने भएको छ। पाँच दिनसम्म सल्लाघारीस्थित मैदानमा हुने सो एक्स्पोमा १ सय ७० भन्दा बढी स्टल रहने पत्रकार सम्मेलनगरी जानकारी दिएको हो।  एक्स्पोमा सय वटा स्टल विद्युतिय सामाग्रीको र बाँकी ७० भन्दा बढी स्टलमा भक्तपुरका मौलिक उत्पादनतर्फ हस्तकला, काष्ठकला, सुनचाँदीलगायत अटोमोवाईलका स्टल रहने आयोजक संघका अध्यक्ष पुन्यराम खाताखोले जानकारी दिए। उनका अनुसार एक्स्पोमा विभिन्न ब्राण्डका मोवाईल, एलईडी टि भी, फ्रिज, वासिङ्ग मेसिन, एसी, कुकिङ्ग रेञ्ज, कम्युटर, ल्यापटप, माईक्रोओभनलगायत ३ सयभन्दा बढी प्रकारका विद्युतिय सामाग्रीको बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ।

त्यसैगरी भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामाग्री, रेडिमेड लुगा तथा कपडा, घरायसी सामान, फर्निचरका सामाग्रीसहित नुन देखी सुनसम्मका सामान प्रदर्शनीमा राखिने अध्यक्ष खाताखोले बताए। डी जे सेसनको व्यवस्था समेत भएको एक्स्पोमा भरपुर मनोरञ्जनको व्यवस्था समेत गरिएको एक्स्पोका मुख्य संयोजक एवम् संघका उपाध्यक्ष माधवप्रसाद प्रजापतिले जानकारी दिए। ‘एक्स्पोमा भक्तपुरको परम्परागत र साँस्कृतिक नाचगान, परम्परागत गीत तथा नृत्य प्रतियोगिता, रोटेपिङ्ग, ट्रेनलगायतका खेलसहितको फनपार्क समेत सञ्चालन गरिनेछ,’ उनले भने ।

एक्स्पोमा मुख्य आकर्षणको रुपमा एक्स्पोको टाइटल प्रायोजक एलजीको एलजी युएचडी टि भी रहने संघका सचिव एवम् एक्स्पोका प्रचार प्रसार संयोजक रुकेश रञ्जितले बताए। उनले एलजीले मुख्य प्रायोजन गरेकाले एक्स्पोको नाम एलजी युएचडी टि भी तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०१९ रहने जानकारी समेत दिए।  एक्स्पोको ब्राण्ड एम्बास्डर मिस भक्तपुर २०१८ अनिला खड्का रहेको जानकारी दिँदै रञ्जितले एक्स्पोको मुख्य उद्देश्य उपभोक्ता र व्यवसायीबीचको प्रत्यक्ष सम्बन्ध सुमधुर बनाउने, गुणस्तरिय सामाग्रीहरु सहज र सस्तो मुल्यमा उपलब्ध गराउने, भक्तपुरलाई इलेक्टोनिक्स हबको रुपमा विकास गर्ने र भक्तपुरको पर्यटन तथा साँस्कृतिको प्रवद्र्धन गर्ने रहेको बताए।

एक्स्पो व्यवस्थापनमा करिव ७० लाख रुपैंया खर्च हुने र एक्स्पोमा २ लाख अवलोकनकर्ताबाट करिव ५० करोडको कारोवार हुने अपेक्षा गरिएको छ। करिव १ सय ५० व्यवसायीको सहभागिता रहने सो एक्स्पो आयोजनाका लागि संघले भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्वर, भक्तपुर साना तथा मझौला उद्योग संघ, भक्तपुर हस्तकला व्यवसायी संघ, सुनचाँदी व्यवसायीलगायत वस्तुगत संघसंस्थाहरुसँग समेत सहकार्य गर्ने जनाईएको छ। एक्स्पो अवधीभर उपभोक्ताहरुलाई विभिन्न सामान खरिदमा १५ देखी ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र एक्स्पो प्रवेशको लागि ५० रुपैंया शुल्कको व्यवस्था गरिएको आयोजकले जनाएको छ। वि. सं. २०६७ सालमा स्थापना भएको संघले यसअघि २०६८ सालको पुस ८, ९ र १० गते पहिलो र २०७१ फागुन ५ गतेदखी ९ गतेसम्म् सफलतापुर्वक दोस्रो इलेक्ट्रोनिक्स एक्स्पोको आयोजना गरेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov   Jan »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031