आइतवार, जेष्ठ ८, २०७९

प्राचिन स्मारक ऐन विपरित बौद्ध स्तूपामा ड्रिल मेसिन प्रयोग गरी प्वाल खोप्ने भूपतिव्रज लामालाइ कारवाहीको माग

काठमाडौं पुस १३/अनुप प्रधान , मुलुकको विश्व परिचायकको एक महत्वपूर्ण आधारस्तम्भ एवम् विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपामा यो वा त्यो कोणबाट प्राचिन स्मारक ऐन विपरितका कार्य हुन थालेकोमा चिन्ता प्रकट गरिएको छ । राजधानीमा आज सञ्चारकेन्द्र नेपालद्दारा आयोजित पुरातात्विक सम्पदा संरक्षण विषयक कार्यक्रमका सहभागी वक्ताहरुले बौद्ध,पशुपतिनाथ लगायतका सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण नेपाल विश्वसामु चिनिएको बताउँदै हाम्रो पहिचान राख्ने यी सम्पदामाथि हुने कुनै पनि अतिक्रमण स्वीकार्य नभएको बताएका छन ।

यसैक्रममा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौलाले बौद्धनाथ स्तुपा विरुप बनाउने जोकोहि भएपनि तत्काल कारबाही गर्नुपर्नेमा जोड दिएकी छन्।

त्यस्तैगरि पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदाको सूचीमा रहेको बौद्धनाथको विषयमा गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गर्ने विष्यमा विभाग प्रतिवद्ध रहेको जनाउ दिदै पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई बौद्ध स्तूपामा ड्रिल मेसिन प्रयोग गरी प्वाल खोपी स्तुपालाई कुरुप बनाउँने भूपति लामालाइ कारवाहीको दायरमा ल्याइने बताउँनु भएको छ

यसैवीच विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपामा प्राचिन स्मारक ऐन विपरितका कार्य यो वा त्यो कोणबाट हुन थालेकोमा बौद्ध नाथ क्षेत्र विकास समिति , नेपाल बोद्ध महासंघ लगायतका गुठीगाना आवद्ध संघ संस्थाले समेत आपत्ति प्रकट गरेका छन ।

ति संघसस्थाद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार मिति २०७३ मा नेपाल सरकार मातहतका गुठी संस्थानद्दारा नियुक्त बौद्ध घयाङगुठीका प्रमुख चिनियाँ भूपतिब्रज लामाले आफ्नो कार्यभार सम्हाले यता देखिनै बौद्ध चैत्य प्रति आस्था राख्ने धर्मावलम्वीहरुको आस्था विपरितका कार्यगर्दै विगत देखि हुँदै धार्मिक पूजा पाठ लगायतका गतिविधी सञ्चालमा व्यवधान सिर्जना गर्दै आएको उल्लेख गरिएको छ ।

त्यस्तै बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाद्दारा जारी विज्ञप्तिमा लामाले आफुलाइ स्वघोषित रुपमा गुरु रिम्पुछेको औतार भएको बताउँदै देश विदेशका भक्तजनसंग आर्थिक लाभ लिने गरेको उल्लेख गरिएको छ । त्यस्तै बौद्धनाथ क्षेत्र विकास समितिक अध्यक्ष राजकुमार लामाद्दारा जारी अर्को विज्ञप्तिमा पनि स्वघोषित औतारी भूपति लामाले मुलुकको महत्वपूर्ण सम्पदा माथि गर्दै आएको यावत धर्म विरोधी क्रियाकलापको विरोध गर्दै निजलाइ तत्काल कारवाहीको माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु