शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा नि:शुल्क मधुमेह परीक्षण शिविर

मधुमेह रोगीको सख्या न्यूनिकरण गर्ने लायन्सको पहलकद्मी

काठमाडौं मंसिर १,  विश्व मधुमेह दिवसको साताव्यापी कार्यक्रम अन्र्तगत नेपाल लगायत भारत, जिम्वावे, पाकिस्तान र श्रीलंका आज नि शुल्क मधुमेह परीक्षण शिविर कार्यक्रमको आयोजना गरिएको छ ।

विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहका रोगी भेटिएको अवस्थालाइ दृष्गित गर्दै सन् १९९१ देखि मनाउन थालिएको यो दिवसको मर्मलाइ सार्थकता प्रदान गर्ने लक्ष्य सहित अर्थात मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने लक्ष्य अनुरुप विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने क्रममा लायन्स क्लव अफ इन्टरनेशनल अन्र्तगतका डिस्ट्रिकहरु क्रमस 321A2, 321F,305N2,306A2,320B,324B4, 325A1,325A2,325B1, 325B2,409, 411A लगायत र यस मातहतका विभिन्न क्लवहरुको सहभागितामा सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने क्रममा आज मधुमेह परीक्षण शिविरको आयोजना गरिएको पिडिजी लायन विजु बज्राचार्यले जानकारी दिनु भएको छ ।

कार्यक्रममा राजधानीको कुलेश्वरस्थित श्रीगणेश मन्दिर प्राङगणमा सञ्चालित उक्त शिविरमा बहुसख्यक मधुमेह रोगीहरु लाभाम्वित   भएका छन ।

यसैप्रसंगमा सचेतना मुलक कार्यक्रमको आयोजनाका वावजुद पनि मधुमेह रोगीको सख्या विश्वमा ३५करोडको हाराहारीमा रहनु त्यस्तै  नेपालमा पनि कुल रोगीका सख्या मध्ये करिब १० लाख मानिस योरोगबाट प्रताडित रहेको सवालमा प्रस्तुत शिविरको संयोजनमा रहनु भएका पिडिजी लायन विजु बज्राचार्य संग हामीले संक्षिप्त कुराकानी गर्नेक्रममा उहाँले भने——

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।