बिहिबार, बैशाख ६, २०८१

मानवीय सेवाको क्षेत्रमा अग्रसर हुन आग्रह

काठमाडौं मंसिर १ ,लायन्स क्लव ईन्टरनेशनल ३२५ ए २ अन्र्तगत रहेका विभिन्न १५ वटा क्लवको शुक्रवार राजधानीमा एक संयुक्त कार्यक्रमकावीच ईन्डक्सन र ईन्टलेसन कार्यक्रमको आयोजना गरिएको छ।

लायन्स क्लबका मल्टिपल चेयर परर्सन डीआर खनालको प्रमुख आतिथ्यता एवम् डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गको विशिष्टआतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मानविय सेवाको मुल मर्मलाइ आत्मासात गर्दै क्रियाशील ३ वटा लियो क्लव    क्रमस   Leo Club of Kathmandu Imperal,    Leo Club of Kathmandu  Rays ,  Leo Club of Kathmandu  Regency  रहेका छन ।त्यस्तैगरि १५ वटा लायन्स क्लवमा क्रमस  Kathmandu Imperal Rays Regency ,Ajasrika, Aviaiyan,Bagmati, Cholanti, Fellowship, Imperal, Mero Nepal,Naulo Bihani, Planet ,Rays REgency, Truth, Uday, Jagriti  रहेका छन ।

त्यस अवसरमा डिष्ट्रिक गभर्नर सुदर्शनधर प्रधानाङ्गले मानव सेवा आश्रममा आरुित ज्येष्ठ नागरिकहरुको प्रयोजनार्थ २० जोर जुत्ता, रामचन्द्र खत्री र धनवहादुर कार्कीको प्रयोजनार्थ व्हिल चिर्यस र रस्मी विडारीको प्रयोजनार्थ सिलाइ मेसिन हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख वक्ताहरले सेवा भावको क्षेत्रमा मानवीय सेवाको महत्वमाथि प्रकाश पार्दै सेवामा जुट्न पदस्थापित सम्वद्ध क्लवका पदाधिकारीहरुलाइ आग्रह गर्नु भएको थियो ।

डिस्ट्रिकका प्रथम उपाध्यक्ष लायन शोभा जोशी द्दितिय उपाध्यक्ष डा .लायन शुशिला मल्ल , डिस्ट्रिक क्याविनेट ट्रेजर लायन विधान जोशी, जिएमटी चियरपर्सन शम्भु घिमिरे, पिडिजी लायन विजु बज्राचार्य लगायत लायन्स र लियो क्लव आवद्ध जिम्मेवार अधिकारी र शुभचिन्तक लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन जोन चियरपर्सन लायन भरतप्रसाद प्रशाइले गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।