शुक्रबार, बैशाख ७, २०८१

३८ बुँदे घोषणापत्र जारी गर्दै काङ्ग्रेस जिल्ला सभापतिहरुको दुई दिने ककनी भेला सम्पन्न

  • समानुपातिक प्रणालीबाट एकपटक भन्दा बढी अवसर नदिने व्यवस्था गर्नुपर्ने र पार्टी नेता कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमै व्यवस्था गर्नुपर्ने माग
  • सुनकाण्ड, निर्मला हत्याकाण्ड जस्ता घटनाको तत्काल छानबिन अपराधीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग माग

काठमाडौं मंसिर १४, नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको दुई दिने ककनी भेलाले ३८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नुवाकोट काँग्रेसका सभापति जगदीश्वर नरसिंह केसीका अनुसार भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीतिका विषयमा १४ वटा गरी ३८ बुँदे घोषणापत्र जारी गरेको जानकारी दिदै घोषणापत्रमा पार्टीको जिल्ला, प्रदेश र सङ्घीय संसदीय बोर्डले क्रमशः स्थानीय, प्रदेश र सङ्घीय तहको उम्मेदवारको निर्धारण गर्ने, साधारण र क्रियाशील सदस्यता व्यवस्थित गर्ने, आरक्षितबाट मनोनित वा निर्वाचित एक पटकभन्दा हुन नपाउने लगायत बुँदाहरु समेटिएको बताउँनु भएको छ ।

यसैगरी, घोषणापत्रमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने, मनोनित गर्ने पार्टी नेता कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमै व्यवस्था गर्नुपर्ने, कुनै पनि तहमा चुनाव लडेका पार्टी सदस्यलाई सोही पदमा मनोनित नगरिने व्यवस्था गर्नुपर्ने, समानुपातिक प्रणालीबाट एकपटक भन्दा बढी अवसर नदिने व्यवस्था गर्नुपर्ने र जिल्ला तहदेखि केन्द्रीय तहसम्म प्रवक्ता राख्ने व्यवस्था गर्नुपर्ने जिकिर गर्दै घोषणापत्रमा न्यायपालिका, पत्रकारिता र विभिन्न पेशा र व्यवसायमा हस्क्षेप गरिने तथा त्यसको गरिमा र प्रभावकारिता कमजोर बनाउने वर्तमान सरकारका गतिविधि एवम् प्रयत्नहरु लोकतन्त्र एवम् विधिको शासन विरुद्ध भएको ठहर सहित सुनकाण्ड, निर्मला हत्याकाण्ड जस्ता घटनाको तत्काल छानबिन अपराधीलाई हदैसम्मको कारवाही गर्न बैठकले सरकारसँग माग समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031