बिहिबार, चैत्र १५, २०८०

सिङगो नगरपालिकालाइ धार्मिक पर्यटकीय गन्तव्यको प्रारुपमा रुपान्तरण गर्ने प्रमुख बस्नेतको प्रतिवद्धता

नगरपालिकाको  विकासका लागि हरसंभव प्रयास गर्ने प्रदेश सासंद श्रेष्ठको जनाउ

काठमाडौं मंसिर १, नागार्जुन नगरपालिकाको आर्थिक् वर्ष ०७५/०७६को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनवाइ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

सुनवाइ कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश न. ३ का सासंद प्रकाश श्रेष्ठले स्थानीय सरकारको कामकारवाही प्रति सहकार्य सहित जनताको आधाभूत आवश्यकता पूरा गर्न आफ् प्रतिप्रद्ध रहेको जनाउ दिनु भएको छ । साथै उहाँले  प्राकृतिक विभिताले भरिपूर्ण नार्गाजुन नगरपालिका क्षेत्रमा विद्यमान खानेपाली लगायतका यावत समस्या समाधानका लागि विशेष पहलकद्मी दिन आवश्यक रहेको जनाउ दिदै यसका लागि आफ्ना तर्फबाट हरसंभव प्रयास रहने बताउँनु भएको छ ।

त्यस्तै नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले सुनवाइको क्रममा स्थानीय जनतको तर्फबाट उठाइएका समस्याको समाधान र दिईएको सुझावको कार्यानवयन गर्दै अगाडि बढ्न आफु प्रतिवद्ध रहेको बताउँदै नगरपालिका क्षेत्रमा शिक्षा , स्वास्थ्य, वातावरण,  खानेपानी ,पर्यटनको पूर्वाधारको विकासका लागि निर्वार्चित भएको छोटो अवधीमानै उल्लेख्य कार्य सम्पादन भएको बताउँनु भएको छ । यद्यपी भोलीका दिनमा अझ जनताको माग वमोजिम चुस्त र दुरुस्तता सहित नमुना नगरपालिकाका रुपमा विकास गर्न सहकार्य र सहमति सहित कार्य सम्पादन गरिने अभिव्यक्ति दिदै उहाँले सिङगो नगरपालिकालाइ धार्मिक पर्यटकीय गन्तव्यको प्रारुपमा रुपान्तरण गर्ने तयारी भइरहेको बताउँनु भएको छ ।

नगरपालिकाले प्रवाह गर्दै आइरहेको सेवाका सम्बन्धमा स्थानीय जतामाझबाट संकलित प्रश्नावलीको स्याम्पल समेत प्रस्तुत गरिएको उक्त सुनवाइ कार्यक्रममा सहभागीहरुले अन्तरसंवाद समेत गरेका थिए । १० वटा वडामा विभाजित नार्गाजुन नगरपालिकाले चालू आव २०७५/७६ अनुमानित आय व्यय खर्चका सम्बन्धमा समेत जानकारी दिईएको उक्त कार्यक्रममा उठेका जिज्ञासाको नगर प्रमुख मोहन बस्नेत, उप्रमुख सुशिला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सम्बोधन गर्नु भएको थियो ।

 यसैक्रममा जनता-जनप्रतिनिधीवीच भएको अन्तर संवादका क्रममा  एकिकृत कर ,पिचवाटो ,विकास निर्माणको  क्रममा उपभोक्ताले  व्यर्होनु पर्ने  २० प्रतिशत  रकम  त्यस्तै  वुद्धभत्ता वितरण प्रणाली लगायतका विषयमा भएको अन्तर संवादको   मह्त्वपूर्ण प्रसंग जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ। 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।