बुधबार, बैशाख १२, २०८१

सामाजिक एकता, भाइचारा र सद्भाव अभिवृद्धिका लागि ने.स. ११३९ सार्थक हुने राष्ट्रपतिको विस्वास

काठमाडौ कार्तिक २२,  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

जारी शुभकामना सन्देशमा उहाँले नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान प्ग्ने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

 यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरूको महान् चाड तिहार तथा नेपालको मौलिक संवत् नेपाल संवत्को ११३९को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल, सुखी नेपाली’को चाहानालाई पूरा गर्न तथा सबै नेपालीलाई एकाकार भएर अगाडि बढ्न प्रेरणा दिउन् भन्ने कामना गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।