शुक्रबार, चैत्र १६, २०८०

सरकारले निर्धारण गरेको समयमा मात्र टिपर चलाउँन उच्च अदालतको आदेश

काठमाडौ मंसिर ५ , उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले टिपर व्यवसायी संघ दोलखाले कुनैपनि समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै दायर रिटको सुनवाइ गर्दै सरकारले निर्धारण गरेको समयको पालना गर्दै निर्धारित समयमा मात्र टिपर चलाउन आदेश दिएको छ ।

त्यस्तै आदेशमा टिपर व्यवसायीले पेसा, व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नु जरुरी रहेको जिकिर सहित सरकारी आदेशको पालना गर्नुमानै सवैको कल्याण हुने जिकिर गरिएको  छ ।  स्मरण रहोस टिपरका कारण राजधानी देखि मोफसलमा समेत दर्जनौ नागरिकको विभत्स हत्या भएको अवस्थालाइ दृष्टिगत गर्दै सरकारले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्ममात्र टिपर चलाउन पाउँने आदेश जारी गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।