मङ्लबार, बैशाख ११, २०८१

संसदीय सुनुवाइ समितिले माग्यो राजदुत नियुक्तिको मापदण्ड

काठमाडौ मंसिर ५,  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिकाृ आज बसेको बैठकले सरकारद्दारा विभिन्न मुलुकका लागि नियुक्तिका लागि प्रस्ताव गर्दै सिफारिस गरेका राजदूतका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समयभित्र उजुरी दिन आव्हान गरेको छ ।

सरकारले मन्त्रीपरिषदको मिति २०७५ कार्तिक २५ गतेको बैठकले निर्णय अन्र्तगत भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदूतमा नियुक्तिको सिफारिस गर्दै सोको अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा पठाएको थियो ।

तर समितिले यसरी राजदुत नियुत्तिका क्रममा अवलम्बन गरिने मापदण्ड के कस्तो रहेको छ सोको जानकारी दिन सरकारसँग माग गर्ने निर्णय गरेको हो । राजदुत नियुक्तिको उक्त मापदण्ड सरकारले स्वीकृत गरेपनि मापदण्डमा के कस्ता प्रावधान कायम गरेको छ त्यस सम्बन्धमा कुनै सार्वजनिक अभिव्यक्ति दिएको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।