बिहिबार, चैत्र १५, २०८०

संघमा टिके प्रथा जन्माउने कुचेष्टा नर्गन महामन्त्री काफ्लेको शिर्ष नेतृत्वलाइ चेतावनी

काठमाडौ कार्तिक २७, नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले  सोमवार  पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको वातावरण बनाउन र आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नर्गन पार्टी नेतृत्वलाइ आग्रह गरेका छन ।

सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री काफ्ले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले संघमा टिके प्रथा जन्माउने कुचेष्टा हुँदै गरेको भनक सर्वत्र देखिएको बताउँदै यखि यस्तो भएमा त्यस विरुद्ध आन्दोलन मार्ग अख्तियार गर्नुको विकल्प नभएको भन्दै टिके प्रथाले आम विद्यार्थी र सङ्गठनको किमार्थ भलो नगर्ने बताएका छन । त्यस्तै महामन्त्री काफ्लेले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको बताउँदै माउ पार्टीले भातृसंगठनको विधानलाइ आफु अनुकुल बन्धक बनाउन खोजेको समेत बताए ।

स्मरण रहोस विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको संघको कार्यकाल २०७५ भाद्र २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसङ्घ हेर्ने निर्देशक समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।