शुक्रबार, चैत्र १६, २०८०

वीरता जेसीजद्वारा पुस्तकालयलाई २०० पुस्तक प्रदान

 पूर्णबहादुर कटुवाल/ दुर्गापुर, मंसीर १३ ,
बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ ।    विद्यालयमा आज आयोजित कार्यक्रमकाबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम संयोजक टहलदास ओलीले प्रधानाध्यापक अञ्जना सिटौलालाई उक्त पुस्तक हस्तान्तरण गर्नु भएको हो ।  

विद्यालयलाई अत्यन्त आवश्यक र उपयोगी पुस्तक प्रदान गरेकोमा प्रधानाध्यापक सिटौलाले धन्यवाद ज्ञापन गर्दै जेसीजको रचनात्मक कार्यको प्रशंसा गरिन् ।  विद्यालयले पुस्तकालयका लागि आवश्यक पुस्तकको सूची नै उपलब्ध गराएपछि वीरता जेसीजले यस वर्ष पुस्तक दिवसको अवसर पारी मायाको चिनो र उपहार स्वरुप पुस्तक दिने नयाँ संस्कृतिको थालनी गर्दै सोही बमोजिमका पुस्तक हस्तान्तरण गरिएको वीरता जेसीजका अध्यक्ष गिरीले जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।