शनिबार, बैशाख ८, २०८१

विधान संशोधन मस्यौदामाथि छलफलका लागि काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

 काठमाडौ मंसिर १३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । आजको बैठकमा मुलत विधान संशोधन मस्यौदामाथि दफावार छलफल हुने बताईएको छ ।

त्यस्तै यसअघि पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेसगरेसंगै मंसिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि ३ दिनको समय दिएको थियो ।

आजको बैठकले विधान संशोधन मस्यौदामाथि छलफल सहित मस्योदा पारित गरेसंगै  आगामी मंसिर २८ देखि पुस ३० गतेसम्म राजधानीमा हुने काँग्रेस महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।