बिहिबार, बैशाख १३, २०८१

वर्ष २०७५ को एसइई परीक्षाको तालिका सार्वजनिक

भक्तपुुर मंसिर १४, राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७५ को एसइई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।  प्रकाशित तालिका अनुसार यसवर्ष आगामी चैत १० गतेदेखि एसइई परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिदै परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ ।त्यस्तै प्रकाशित तालिका अनुसार
चैत १० अनिवार्य अङ्ग्रेजी
११ गते अनिवार्य नेपाली
१३ गते अनिवार्य गणित,
१४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा
चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय,
१६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा समेत
चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित,
१८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय,
१९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।