शुक्रबार, बैशाख ७, २०८१

लागु औषध र नगद ५ लाख ८० हजारसहित घलेद्दय पक्राउ

  चितवन मंसिर १०, चितवन प्रहरीले शुक्रबार राती ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नंं २ समीचोकबाट ठूलो परिमाणमा लागुऔषधसहित वर्ष २५ का केशव घले र सोही वडामा बस्ने वर्ष २४ का विशाल घलेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तको साथबाट लागु औषध डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुल र नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको जनाउँदै समीचोकमा केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्दै दिएको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक सिताराम खतिवडा नेतृत्वको टोलीले अभियुक्तद्दष्लाइ पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको पक्राउ परेको अभियुक्तले साविकी बयान दिएको र यी दुइलाइ लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031