शनिबार, बैशाख ८, २०८१

यस्तो छ भूकम्पपीडित लाभग्राहीका लागि अनुदानको बुझ्ने पछिल्लो समयसीमा

काठमाडौ मंसिर ४, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित निजी आवास अनुदान रकम बुभ्mने समयसीमा निर्धारण गरेको छ । विसं २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७५ पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने बताउएको छ । त्यस्तै ०७५ पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७६ वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने समयसिमा निर्धारण गरेको जनाएको छ ।

त्यस्तै आजको मिति सम्म पहिलो किस्तासमेत प्राप्त नगर्ने लाभग्राहीका लागि भने प्राधिकरणले कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन र त्यसपछि ०७५ माघ मसान्तभित्र दोस्रो किस्ता त्यसैगरी ०७५ माघ मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्रहीले ०७५ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्रावधान कायम गरिएको जनाएको छ ।

साथै पहिलो किस्ता लिएर पनि निजी आवास पुनः निर्माण नगर्ने भूकम्पपीडिले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन प्राधिकरणले यसअघिनै निर्देशन दिइसकेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।