बिहिबार, बैशाख ६, २०८१

मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि उदाहरण : प्रचण्ड

काठमाडौ मंसिर १४, नेकपाकाका अध्यक्ष पुष्पकमल प्रचण्डले नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को उदेघाटन गर्दै मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि उदाहरण भएको बताउँनु भएको छ ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले मुलकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासंगै संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरतालाए आफ्नो प्रमुख लक्ष्य निर्धारण गरेको बताउँदै देशको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्ने बताउँनु भएको थियो ।

नेपाल, भारत, चीन, बङ्गलादेश, म्यान्मा, दक्षिण कोरिया, जापान, मलेसियालगायत मुलुकको बिक्री कक्ष राखिएको उक्त एक्स्पोमा एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउँनु भएका म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेकपाकाका अध्यक्ष प्रचण्डसंगै उक्त एक्स्पोको उद्घाटनसत्रमा भाग लिदै कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा  दुबै मुलुकमा मानव संशाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने भन्दै नेपाल र म्यान्मा बीच व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भएको थियो।    कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ट लगायतले एक्स्पोको उदादेयताका सवालमा प्रकाश पानर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।