शुक्रबार, बैशाख ७, २०८१

मुख्यमन्त्री पौडेलको प्रयोजनार्थ रु ५५ लाखको विद्युतीय कार खरीद विलासी रवैयाको द्योतक

 काठमाडौं कार्तिक २७ , ३ नं प्रदेशको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलका लागि रु ५५ लाखमा विद्युतीय कार खरीद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरीद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।

त्यस्तै आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधनलाइ प्राथमिकता दिने प्रारम्भिक कदम अनुरुप उक्त कार खरिद गरिएको मुख्यमन्त्रीको सचिवालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरीद गर्ने प्रक्रियाको थालनी गरेको समेत जिकिर गरिएको छ ।यसैवीच  प्रदेश न ३का  प्रतिपक्षदलका नेताहरुले भने  विद्युतिय कार खरिद प्रकरणलाइ  समृद्ध मुलुकको समृद्ध मुख्यमन्त्रीको विलासी रवैया भएको टिप्पणी गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031