शुक्रबार, चैत्र १६, २०८०

मानव अधिकारकर्मी तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौ कार्तिक १९, बामपन्थी नेता एवम् मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज शोभाभगवतीस्थित कर्णदीपमा अन्त्येष्टि गरिएको छ ।यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो


मस्तिष्कघात भएपछि अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा आइतबार दिउँसो उहाँको निधन भएको थियो । तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिएको हो ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी, नेकपाका नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठ नेपाली काङ्ग्रेसका नेता तीर्थराम डङ्गोल, लगायतले शोभाभगवतीस्थित कर्णदीपमा स्व तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।