शुक्रबार, बैशाख ७, २०८१

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

 काठमाडौ कार्तिक १५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको जनकपुरधाम स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर राय सहितका पदाधिकारीहरु क्रमस रु ७६ लाख २८ हजार तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्रले रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै आयोगद्दारा जारी विज्ञप्तिमा कोषका लेखापाल उत्तमराज शर्मा , तत्कालीन सवइञ्जीनियर पर्शुराम साह, तत्कालीन कार्यकारी निर्देशकद्दय राजेशकुमार साह र कार्यकारी निर्देशक गोपाल झा रु ६२ लाख ८८ हजार ५६९, रु तीन लाख ५४ हजार ९५,रु ६२ लाख ८८ हजार ५६९, रु नौ लाख ८५ हजार ८३८, र इञ्जीनियर उपेन्द्र झाले रु १३ लाख ३९ हजार ९३३ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा ठेकेदार प्रतिनिधि विष्णुबहादुर राउत रु नौ लाख ८५ हजार ८३८ र ठेकेदारका अर्का प्रतिनिधि प्रदीपनाराण शाहले रु ३ लाख ५४ हजार ९५ बराबरको भ्रष्टाचार गरेको र स्थानीय रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतीया गाछी संरक्षण कार्य लगायत विभिन्न ८ वटा ठेक्काको बोपलत्र मूल्याङ्कन प्रक्रिया र निर्माण कार्यमा अनियमितता गरेको उल्लेख गर्दै आरोपीलाई हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031