बिहिबार, बैशाख १३, २०८१

बढ्दो बेथितिसंगै यसरी बन्दै छ हामीले खाने औषधि मन्द विष

नियमन र नियन्त्रणमा सरकार र सरोकारवाला निकायको मौनतासंगै
औषधि नभइ मन्दविष सेवन गर्न वाध्य आम नेपाली

औषधिको एक्सप्यारीडेट भन्दा पनि औषधिमा विद्यमान हुनु पर्ने गुणनै नष्ट भएपछि एक्सप्यारीको कुनै अर्थ हुन्छ भन्नु मुतको न्यानोमात्र हो भन्ने बुझ्नु जरुरी रहन्छ

श्रीजन झा…..
सामान्य रुघा खोकी देखि गम्भीर प्रकृतिका रोग निवारणका लागि प्रयोग हुने औषधि उत्पादन देखि ढुवानी ,भण्डारण, थोक तथा खुद्रा वितरणका लागि फार्मेसीमा पुग्दाको समयमा अपनाउँनु पर्ने सावधानीमा हुने गरेको चरम लापरवाही लगायत वेमेल तापक्रमका कारण औषधि मन्द विषमा रुपान्तरण हुने गरेको बुझिएको छ । अत्यन्त संवेदनशील एवम् अत्याआवश्यकीय सूचीमा रहने गरेको औषधि मन्द विष भन्दा जो कोहिलाइ पनि आश्चर्य लाग्नु स्वाभाविक हो । तर यथार्थलाइ नजर अन्दाज गर्ने प्रवृतिका कारण आज आश्र्चयको यो विषय सास्वत पक्षको रुपमा स्वीकार गर्नु पर्ने बाध्यता बन्दै गएको छ ।

मुलुकको औषधि व्यवसायमा महत्वपूर्ण हिस्सा ओगटेको भारतीय कम्पनी त्यहाँका स्थानीय लोकल कम्पनीद्दारा उत्पादित भइ आयात गरिएका सामान्य देखि एन्टिवायोटिक औषधि , भ्याक्सिन मात्र नभएर नेपाली कम्पनीद्दारा उत्पादित गरिएको भनिएका कतिपय औषधि समेत उपचारको पर्खाइ सहित जीवन र मरणको दोसाँधमा पुगेका नेपाली प्रयोगकर्ता सम्म पुग्दा हुने गरेको लापरवाही एवम् औषधिलाइ औषधिको बनाइ राख्न आवश्यक तापक्रम लगायतका महत्वपूर्ण पक्षमा सरोकारवाला सेवा प्रदायक व्यवसायीको लापरवाइ संगै राज्यका नियमक निकायको तर्फबाट नियमन सहितको निगरानीमा हुने गरेको कर्मकाण्डी प्रवृति तथा गैर जिम्मेवारीपनका कारण आज औषधि व्यवसायको क्षेत्रमा अनेकन विषम परिस्थिती सिर्जना हुने गरेका छन ।

मानविय स्वास्थ्यका लागि प्रयोग हुने प्रत्येक औषधिमा प्रष्ट शव्दमा घाम र ओसबाट बचाउँनु होस सुख्खा शितल ठाउँमा राख्नुहोस भनेर वकाइदा लेखिएको हुन्छ । तर राजधानी देखि दुरदराजमा वग्रेल्ती खोलिएका औषधि पसल मात्र नभएर राजधानीमानै कतिपय अस्पतालद्दारा सञ्चालित फार्मेसी समेत औषधिको लागि आवश्यक तापक्रमको व्यवस्थापनको सवालमा उदासिन देखिएका छन । यहाँसम्मकी तापक्रममैत्री नभएकै कारण एकातर्फ हामीले प्रयोग गर्ने गरेको औषधिमा रहेको गुणस्तर ह्रास भइरहेका छन भने अर्कोतर्फ औषधिका लागि आवश्यकता अनुरुपको तापक्रम प्रति सचेत बन्न नसक्दा एकै मात्रामा निवारण हुने पर्ने रोग मानव शरीरले थेग्न नसक्ने गरी प्रयोग गर्नु पर्ने बाध्यतासंगै अनेकन साइड इफेक्टको शिकार हुन वाध्य हुँदै आएका छौं ।

विज्ञहरुले उच्च तापक्रमले कुनै पनि झोल औषधि र आद्र्रताले ठोस ट्यावलेट लगायतका औषधि स्वाभाविक रुपमा बिग्रने मात्र नभइ औषधि बनाउँन प्रयोग गरिएको कच्चा पदार्थसमेत विग्रने सम्भावना प्रवल रहेको अभिव्यक्ति दिदैगर्दा तत्कालीन भारतीय नाकाबन्दीको समयमा रक्सौल नाकामा औषधि बोकेका करिब साढे तीन सय ट्रक महिना दिनभन्दा बढी समय खुला त्रिपालमुनीअत्याधिक तापक्रममा जेलिएका एन्टिबायोटिक, भ्याक्सिन , झोल औषधि नेपाली बजारमा निर्वाद प्रचलन ल्याइए । जुन औषधिको प्रयोगबाट मानव स्वास्थमा सकारात्मक भन्दा पनि नकारात्मक असर सहित मन्द विषको काम गरेको ठम्याई सम्वद्ध सरोकारवाला विज्ञहरुको रहेको छ । यसवीचमा हुनत उत्पादन मिति बहाल भएकै छ काम गरिहाल्छ नि भन्ने तर्क गर्ने व्यक्तिहरु पनि हाम्रो समाजमा नभएका भने होइन । तर औषधिको एक्सप्यारीडेट भन्दा पनि औषधिमा विद्यमान हुनु पर्ने गुणनै नष्ट भएपछि एक्सप्यारीको कुनै अर्थ हुन्छ भन्नु मुतको न्यानोमात्र हो भन्ने बुझ्नु जरुरी रहन्छ ।

साथै औषधि मात्र नभएर औषधि उत्पादनका लागि लागि आउने कच्चा पदार्थसमेत प्रयोगशाला परीक्षण गर्दै गुणस्तरयुक्त रहेको प्रमाणित गरेर मात्र उत्पादनका लागि प्रयोगमा ल्याउनुपर्नेमा नियमनको लागि जनशक्ति अभाव रहेको भन्ने जस्ता अभिव्यक्ति दिदै तापक्रमको उतार चढावमा बिग्रिन सक्ने औषधिको नियमन भन्दा पनि निर्देशन मुखि बन्दै आइरहेका छन सरोकारवाला निकायका अधिकारीहरु ।

भारतका प्रतिष्ठित मल्टिनेशनल कम्पनी देखि फ्रेन्चाइज वेसमा ६० प्रतिशत भन्दा बढि औषधि आयात हुँदै आएको हाम्रो मुलुकमा आयात भएका ति औषधिमा आवश्यक तापक्रम, भण्डारण , विक्रि वितरण र औषधि उत्पादनको क्रममा प्रयोग गर्ने गरेको जमिनमुनिको पानी जस्ता महत्वपूर्ण पक्षमा निगरानी राख्नु पर्ने अवस्था रहेको छ । साथै तापक्रमको हकमा यहाँनै उत्पादित कतिपय औषधि मुलुकको अति गर्मी हुने तराई क्षेत्र र जाडो हुने हिमाली क्षेत्रका लागि तापक्रम समायोजन भएको दावी गरिएपनि त्यो औषधिको भण्डारण ,ढुवानी र विक्रि वितरण हुने पसलमा पुग्दाको समयमा आवश्यक पूर्वाधारको अभावका कारण ढुक्क भएर प्रयोग गर्न सकिने अवस्था रहन्छ भन्न नसकिने सम्वद्ध व्यक्तिहरुको अभिमत रहेको छ ।

भारत लगायतका देशबाट आयात गरिएका औषधि र औषधि उत्पादनका लागि ल्याईएका कच्चा पदार्थ होस त्यसमा तापक्रम र आवश्यक गुणस्तरीयता र हुन सकेन भने त्यसले बिरामीलाई थप असर गर्न सक्छ । यसअर्थमा औषधिको गुणस्तर , भण्डारण , ढुवानी र उत्पादन देखि विक्रि वितरणको क्रममा आवश्यक तापक्रम संग किमार्थ सम्झौता गर्न सकिन्न । त्यस अर्थमा पनि राज्य र मातहतका सरोकारवाला नियमक निकायको जागरुता आफैमा प्रमुख आवश्यकताको विषय भएको छ । त्यस्तै औषधिलाइ गुणस्तरीय औषधि बनाइ राख्न आवश्यक तापक्रम संगै सचेतनाको लागि पहलकदमी लिदै सरोकारवाला निकाय देखि सम्बद्ध सवैले उपभोक्ताले गुणस्तरीय औषधि सेवन गर्न पाउँनु पर्ने नैसर्गिक अधिकारको क्षेत्रमा योगदान गर्नु पर्ने देखिन्छ । अन्यथा जुन रोग निवारणका लागि तयार गरिएको औषधि हो , त्यो औषधिले रोगका निवारण भन्दा पनि विपरित प्रतिक्रिया देखाउँन थाल्छ । त्यसले तापक्रम सहितको गुणस्तर कायम गर्दै औषधिको नाममा मन्द विष सेवन गर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने देखिन्छ ।

यदि औषधि खाएपछि बिरामीको शरीरभित्र प्रभावकारी र रोग निदान गर्न सक्ने र गुण कायम हुँदैन भने त्यो औषधि औषधि नभइ मन्द विष सावित हुने भएकाले त्यस्ता औषधि खानु नखानुको कुनै अर्थ रहन्न । यसका लागि राज्यले आफ्ना नागरिकको स्वास्थ्य प्रति उत्तरदायि बन्दै गुणस्तर र तापक्रम लगायत सबै विशेषता समाहित भएको गुणस्तरीय औषधि सेवन गर्न पाउँनु पर्ने वातावरण सिर्जना गर्नु पर्ने नैतिक दायित्ववाट कदापि पछिन्न मिल्दैन । त्यसलै स्वदेशी उत्पादन होस वा आयात गरिएका जुनसुकै औषधि किन नहोस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्ड अनुरुपको बनाउँन सरोकारवाला नियमक निकाय कठोर कदम चाल्न पनि पछि पर्न नहुने बताउँदै विज्ञहरुले औषधि जस्तो मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय अङिगकार गर्दा यसमा हुनु पर्ने महत्वपूर्ण सूचक प्रति जिम्मेवार बन्दै इन्तु परन्तु आफुले पनि त्यहि औषधि सेवन गर्नु पर्छ भन्ने हेक्का राख्दै जनताले महिनौ सम्म त्रिपाल मुनि प्रचण्ड घाममा जेलिएर मन्द विषमा परिवर्तन भइसकेका औषधि सेवन गर्न र गराउँन नहुने तर्क गरेका छन ।

यसैवीच भारतबाट औषधि वा कच्चा पदार्थ आयात गर्दा सम्वद्ध कम्पनीबाट मुलुकको नाका भन्सार आइ पुग्दा केहि कम्पनीले तापक्रमको व्यवस्थापन गर्ने गरेका भएपनि भारतका विभिन्न शहरमा रहेको केहि कम्पनीले कम्पनीबाट नेपालको लागि औषधि निर्यात गर्दा मानविय संवेनशीलता समेतलाइ वेवास्ता गर्दै आफु अनुकुल ढुवानी गर्ने गरेको बताइन्छ । करिव २०/२२ दिनको अन्तरालमा कम्पनीबाट ट्रकमा गुन्द्रुक खाँदिए जस्तै घामपानीमा जेलिदै मुलुक भित्रिने औषधि नेपाली नाकामा पल्टी गर्दै गर्दा त्यो औषधिको गुणस्तरीय मापन के कति होला त्यो सहजै अनुमान गर्न सकिन्छ । साथै नेपाली भन्सारमा मञ्चन हुने विचित्रको आर्थिक सेटिङको नाटक अन्र्तगत यदि आर्थिक सेटिङ मिलेको खण्डमा निर्यात भएको एकाघ दिनमानै नभए तत्कालीन थप केहि दिन ,साता वा महिनौ दिनसम्म पनि समुचित तापक्रम रहित वातावरणमा  थप जेलिदै मुलुक भित्रिने औषधि गुणस्तरिय हुन्छ कि मन्द विष त्यो आफैमा घाम जस्तै छर्लङर्ग छ । अनि त्यो औषधि मानव स्वास्थ्यका लागि प्रयोग गर्दा औषधिको काम गर्छ कि मन्द विषको भन्ने गम्भीर सवाल सिर्जना भएको छ ।

त्यस्तै यसरी आयात गरिएका कुनैपनि किसिमका औषधि, भ्याक्सिन र उत्पादनका लागि आउँने औषधिको कच्चा पदार्थ समेत राजधानीस्थित विभिन्न नाम चलेका ट्रान्सपोर्ट कम्पनीबाट कुन अवस्थामा र कसरी सम्बन्धीत आयात कर्ता र उद्यमीकोमा ढुवानी हुन्छ भन्ने हेर्ने हो भने ट्रान्सपोर्ट कम्पनीमा ट्रकबाट पल्टी गर्दै गरेको दृश्य र त्यहाँको वातावरण र ढुवानीको शैली हेरे पुग्छ । हुनत औषधि उत्पादनका लागि ढुवानी भएर आएका कच्चा पदार्थ यहाँ औषधिको प्रारुपमा रुपान्तरण गर्दैगर्दा आवश्यक सम्पूर्ण विधि अवलम्बन गरिन्छ भन्ने तर्क पनि होला । यद्यपी जरा सप्रे र विरुवा हुर्कन्छ भन्ने तथ्यलाइ कदापी विर्सन सकिन्न ।  साथै यहाँ उत्पादित होस वा आयात गरिएका औषधि होस त्यस्ता औषधि विक्रि वितरणका लागि थोक र खुद्रा दुकानदारकोमा पुग्नु पूर्व औषधिसंग प्रत्यक्ष सरोकार राख्ने थोक व्यवसायीकोमा समेत तापक्रम सहितको भण्डारणको व्यवस्था विरलै पाइन्छ । त्यस्तै आवश्यक पूर्वाधार र मापदण्ड वेगर राजधानी देखि दुर दराजसम्म व्रग्रेल्ती खुलेका निजि पसल मात्र नभएर राजधानीकै एकाध अस्पताललाइ छोडेर अधिकांस अस्पतालका फार्मेसीमा समेत औषधिका लागि आवश्यक तापक्रमको व्यवस्थापन भएको पाउँन मुस्किल रहेका छन 

यसै प्रसंगमा हामीले राज्यका नियमक निकाय औषधि व्यवस्था विभागका महानिर्देशकनारायण ढकालसंग औषधिमा तापक्रम , नियमनको अवस्था, नितिगत ऐन एवम् एन्टिबायोटिक औषधि र अक्सिटोसिन भ्याक्सिनको प्रयोग लगायतका थप महत्वपूर्ण विषयमा केन्द्रीत भएर साक्षात्कार गर्दा उहाँले के भने हेर्नुस भिडियो वार्ता ……जस्ताको त्यस्तै…..

जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँन प्रयोग हुने औषधि हो एन्टिबायोटिक । यो औषधिको लागि समुचित वातावरण आवश्यक तामक्रममा भण्डारण गर्दै चिकित्सकको परामर्समा मात्र विक्रि वितरण गर्नु पर्छ । तर आज भोली यो औषधि चिकित्सकको प्रेस्किप्सनबिना पनि जोकोहीले सजिलैसँग खरीद गर्न सक्छ।  त्यस्तै विशेषज्ञको सल्लाह र निगरानीमा मात्रै उपलब्ध हुनु पर्ने गर्भपतनको औषधिको विभागमा दर्ता भएको मेडावोन, एमपिटीकिट्स, मेरीप्रिस्ट, र प्रेग्नोकिट वाहेकका पृथक खालका औषधि राजधानीका अस्पताल वरिपरिकै फार्मेसीमा विक्री वितरण भइरहेको पाइन्छ । तर, विडम्बना मापदण्ड विपरीत भित्रिएका औषधिको निर्वाद विक्रिवितरणमा पनि विभागको तर्फबाट नियमन हुन सकेको छैन ।

त्यसैगरि औषधि आयातको क्रममा नेपाललाइ जोनफो बी रुपमा परिभाषित गरिएको महानिर्देशक ढकालले जनाउ दिनु भएपनि औषधिको भण्डारण गर्ने तापक्रममा घटी–बढी हुनु भनेको औषधिको गुणस्तरमा समस्या सिर्जना हुनु हो भन्ने बुझदा बुझ्दैपनि तापक्रम सम्बन्धी मापदण्ड पालना गर्न गराउँन विभाग मात्र नभएर सरकारी स्वास्थ्य संस्थामा औषधि खरीद गरेर वितरण गर्ने आपूर्ति व्यवस्था महाशाखा र निजी कम्पनी पहल कदमी प्रभावकारी बन्न नसकेको सम्वद्ध स्रोतको दावी रहेको छ । त्यस्तै प्रसवका बेला पाठेघर खुलाएर बच्चा जन्माउन सहज बनाउने अक्सिटोसिन भ्याक्सिनको प्रयोगमा सरकारले २०६३ सालमै आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै यसको प्रयोगमा बन्देज गरेपनि बजारमा अहिले अक्सिटोसिनको विक्रि भइरहेको जानकारी हुँदा समेत स्वास्थ्य महाशाखा, औषधि व्यवस्था विभाग लगायतका सरकारी निकाय बेखबर मात्र छैनन् । औषधिको बेथितिको नियमन र नियन्त्रणमा सरकार र सरोकारवाला निकायको मौनतासंगै मन्द विष सेवन गर्न उपभोक्ताहरु वाध्य हुँदै आएका छन ।

अझ महत्वपूर्ण प्रसंग भनेको अक्सिटोसिन भ्याक्सिन भण्डारणको क्रममा आवश्यक तापक्रम औषधि कम्पनी र दुकानदारले समेत कायम गर्न नसक्दा भ्याक्सिनले निर्धारित लक्ष्य भन्दा विपरित रियाक्ट गरेकै कारण अक्सिटोसिनको प्रयोगमा रोक लगाईएको थियो । पछि विभागका प्रवक्ता समेत रहेका सन्तोष केसीको संयोजकत्वमा गठित समितिले २ देखि ८ डिग्री सेल्सियस तापक्रममै अक्सिटोसिन इन्जेक्सन भण्डारण गर्नुपर्ने सवालमा दिएको सुझाव र औषधि व्यवस्था विभागको आव २०७३/७४ को वार्षिक प्रगति प्रतिवेदन र चालू २०७५/७६ को दोस्रो चौमासिक प्रगति प्रतिवेदन अनुसार, ७९ वटा औषधि पसलले अक्सिटोसिन सहितका भ्याक्सिनलाई उचित तापक्रममा नराखेको जिकिर गरिएको छ ।
स्मरण रहोस, अक्सिटोसिन त प्रतिनिधी प्रसंग मात्र हो । यहि सास्वत सत्यलाइ मनन गर्दै आत्मा चिन्तन गर्ने हो भने औषधिमा आवश्यक तापक्रमको व्यवस्थापन र आवश्यकता के र कति भन्ने प्रष्ट हुनुको अलावा औषधिमा आवश्यक तापक्रम मापन भएन भने त्यो औषधि मन्द विषमा परावर्तित हुने प्रसंग प्रमाणिक आधार बनेको पक्षलाइ किमार्थ नजर अन्दाज गर्न सकिदैन । त्यस्तै तापक्रम मापन हुन नसक्दाको गुणस्तरहिन औषधिले मानव स्वास्थ्यमा मन्द विषका कार्य गर्न नपाओस भन्नका लागि अक्सिटोसिन र एन्टिबायोटिक औषधि मात्र नभएर सवै किसिमका औषधिको उ��्पादन आयात र भण्डारण संगै यसको थोक तथा खुद्रा विक्रिको क्रममा तापक्रमको महत्वपूर्ण भूमिकालाइ हेक्का राख्नुपर्ने दखिन्छ ।  यो श्रृखला पछि हामी औषधि व्यवसाय जगत अन्र्तगत निजी कम्पनी सम्वद्ध व्यवसायी र तापक्रमको विषयमा थप सामाग्री प्रस्तुत गर्नेछौं । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।