बिहिबार, बैशाख १३, २०८१

प्रम ओलीद्दारा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू भएको घोषणा

काठमाडौं मंसिर ११,  प्रधानमन्त्री शर्मा ओलीले मंगलबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमवीच सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू भएको घोषणा गरेको छ ।

कार्यक्रमको शुभारम्भको घोषणा गर्दै प्रम ओलीले सामाजिक सुरक्षा कोष शुभारम्भ ‘सरकार कहाँ छ रु’ भनेर प्रश्न गर्नेहरुलाई गतिलो जवाफ भएको जनाउ दिएका छन । साथै उहाँले सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोधनुस् कहाँ छ, दुःख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ भन्दै सरकार जुम्रा मारेर बस्नको लागि नबनेको र सरकार काम गर्न व्यस्त रहेको  बताए ।

त्यस्तै उहाँले आजबाट सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताउँदै वृद्धभत्ता वितरण शुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप लगाइने गुनासो गर्दै कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए । यद्यपी आजसम्म पनि त्यो कार्यक्रम सुचारु रहेको भन्दै आज बाट लागु भएको कार्यक्रम राज्यको ढुकुटीबाट बाँडने नभइ ढुकटी भर्दै अघि बढ्ने ऐक्यबद्धतामा आधारित विधि भएको बताए । साथै सामाजिक सुरक्षा कोषले तय गरेको ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’ नारामा यसको विधि, प्रक्रिया र दायरा स्पष्ट प्रतिविम्बन भएको बताउँदै उहाँले श्रमजीवी जनताका लागि शुरु गर्न लागिएको चार सुरक्षाका योजनाले श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमको सम्मान भएको बताउँदै  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको  जानकारी दिएका छन । १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको कोषको प्रस्तुत कार्यक्रम अनुसार सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्ने र प्रारम्भिकरुपमा उद्योग र प्रतिष्ठानका कार्यरत् श्रमिकले कोषमा नियमितरुपमा तलबबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने पाउने बताईएको छ ।

त्यसपछि वृद्धावस्थामा सुरक्षा योजनाअन्तर्गत् कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण वा एकमुष्ठ रकम बुझ्ने पाउने व्यवस्था गरिएको बताईएको छ ।  साथै योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्दै श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले   पेन्सन  समेत पाउने वातावरण पनि बनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।