शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पादक पक्राउ

 काठमाडौ कार्तिक १५, प्रम केपी ओलीको स्वास्थ्यसम्बन्धी निराधार एमव् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न भएको आरोपमा पाथीभरा अनलाइन डटकम सम्पादकलाइ  प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जा हरिनाथ गाउँपालिका–६ घर भइ हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–८  बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका   ४६ वर्षीय  सम्पादक हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाउँदै पत्रकारिताको मर्म विपरित  भ्रमपूर्ण, झुटो समाचार सम्प्रेषण नगर्न नगराउन सो महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।