बिहिबार, चैत्र १५, २०८०

पन्त परिवारको धर्नाप्रति ऐक्यवद्धता जनाउँदै नेता थापाले भने-गृहमन्त्रीको राजीनामा पछिमात्रै निर्मलाको हत्यारा पहिचान हुन्छ

काठमाडौं मंसिर ५, नेपाली कांग्रेसका नेता गगन थापाले आज किशोरी निर्मला पन्तको हत्याको हत्यारा सार्वजनिक गर्न माग गर्दै अनिश्चितकालिन धर्नामा बसेको किशोरी पन्तका पिताजीको आन्दोलनप्रति एैकेवद्धता प्रकट गर्दै गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्ने बताउँनु भएको छ ।

त्यस्तै नेता थापाले कञ्चनपुरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त  गर्दै गृहमन्त्री रामबहादुर थापा वादलको कार्यक्षमतामा समेत प्रश्न गर्दै न्यायका लागि सुरु भएको अनिश्चितकालीन पन्त परिवारको धर्नाप्रति आफ्नो ऐक्यवद्धता रहेको उद्घोष गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।