बिहिबार, चैत्र १५, २०८०

नेपाल विद्यार्थी संघको १२औ महाधिवेशन आगामी पुस २८-३० मा गर्ने घोषणा

काठमाडौं मंसिर ११ ,नेपाल विद्यार्थी संघले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघको १२औं महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म गर्ने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा दिईएको जनकारी अनुसार आगमी मंसिर २२ गते माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, सीटीइभीटी र क्याम्पसहरुमा अधिवेशन गरिसक्ने त्यस्तै मंसिर २५ गतेभित्र स्थानीय गाउँरनगर अधिवेशन सभा, पुस ८ गतेभित्र उपत्यकाभित्रका क्याम्पस, विद्यालयहरुको अधिवेशन, पुस १४ गतेभित्र ७७ ओटै जिल्लाको अधिवेशन सभा, पुस २० गतेभित्र प्रदेशको अधिवेशन र पुस २८, २९ र ३० गते नेपाल विद्यार्थी संघको १२औं अधिवेशन गरिसक्ने जनाएको छ ।

यसवीचमा निर्धारित समयसीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समितिहरु स्वतः भंग हुने र महाधिवेशनमा भाग लिन नपाउने बताउँदै संघका अध्यक्ष नैनसिंह महरले समयसिमाभित्र अधिवेशन गर्न  आग्रह गर्नुभएको छ । यसअघि गत मंसिर २ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघको विधान पारित गर्नुको अलावा वर्तमान कार्यसमितिको म्याद २ महिना थप गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।