शुक्रबार, चैत्र १६, २०८०

तिहार पर्वको समापन संगै बजारमा छठ पर्वको रौनक शुरु

फाइल फोटो

 काठमाडौं कार्तिक २४, वर्ष २०७५को तिहार पर्वको समापन संगै बजारमा छठ पर्वको रौनक सहित चहलपहल सुरु भएको छ । पर्वका लागि राजधानीको विभिन्न क्षेत्रमा रहेको  खोला क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि सरसफाइका कार्य   शुरु भएको छ ।

छठपर्व  विधिवत् रुपमा आइतबारदेखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार वर्तालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आफ्ले पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ ।

पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ ।