बुधबार, बैशाख १२, २०८१

टेलिकम एप्स सेवा अव नयाँ स्वरूपमा

काठमाडौ कार्तिक २९, नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ स्वरूपमा रुपान्तरण गरेको छ ।

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार रुपान्तरित नयाँ स्वरूपमा नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको समेत जानकारी लिन सकिने बताउँदै  मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे समेत जानकारी दिने बताउँनु भएको छ ।

त्यस्तै यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने जनाउँदै  गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिने जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।