बिहिबार, बैशाख १३, २०८१

जुवाखालमा प्रहरीको छापा ,लाखौं रुपैया सहित ३३ जना पक्राउ

 भक्तपुर कार्तिक २४,  महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा सञ्चालित जुवाखालमा छापा मार्दै जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुवा खेलिरहेको अवस्थामा १६ थान कौडासहित रु ३ लाख ८४ हजार २३० बरामद गरेको जनाउँदै पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।