बुधबार, बैशाख १२, २०८१

जनआन्दोलनका कमाण्डर सिंहको १०४औँ जन्मजयन्ती मनाइयो

जहिलेसम विधानभन्दा पार्टीसभापति माथि रहने प्रवृति विद्यमान रहन्छ
तवसम्म पार्टीको अवस्थामा नितिगत सुधार आउँन नसक्ने नेता सिंहको जिकिर

काठमाडौ कार्तिक २४, विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले कामपा वडा न १५ स्थित शोभाभगवतीमा रहेको उहाँको शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको छ । ।

कार्यक्रममा काङ्ग्रेस पूर्व महामन्त्री एवम् वहालवाला संघीय संसदका सदस्य प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिकाको चर्चा गर्नु भएको थियो ।  साथै उहाँले  काँग्रेस पार्टी पार्टीको मौज्दा विधानअनुुसार चल्न नसक्दा काँग्रेसको अवस्था दिनानुदिन खस्किदो अवस्थामा पुगेको जिकिर गर्दै  जहिलेसम विधानभन्दा पार्टीसभापति माथि रहने प्रवृति विद्यमान रहन्छ तवसम्म पार्टीको अवस्थामा नितिगत सुधार आउँन नसक्ने बताउँदै पार्टी सुधारका लागि आफूले जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताउानु भएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौँ पार्टी सभापति सबुज बानिया, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।