बिहिबार, बैशाख ६, २०८१

कूटनीतिक परम्पराको सवालमा सरकारको नजरअन्दाज प्रवृति आफैमा आश्चर्यजनक : परराष्ट्रविद

 नेपालसंग द्विपक्षीय सम्बन्ध गाँस्न नआएको तथ्यप्रति सरकारले नजर अन्दाज गर्दै  विवादित विदेशी पाहुनालाइ नेपाल सरकारले कूटनीतिक परम्परा समेतको कुनै पर्वाह नगरी सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व  दिएको जिकिर 

समिटको विरोधमा पर्चा

काठमाडौं मंसिर १४ , आजबाट राजधानीम एशिया प्यासिफिक समिट २०१८’ को औपचारिक सम्मेलन हुँदैछ । सम्मेलनमा सम्मेलनमा छ राष्ट्ररसरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५ सय विदेशी अतिथिको उपस्थितीम आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुँदै गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने बताइए पनि मुलुकका परराष्ट्र मामिलाका जानकारहरुले प्रस्तुत सम्मेलनको कुनै उपादेयता नभएको जिकिर गरेका छन ।

यसक्रममा आईएनजीओका पाहुनालाई उपप्रधानमन्त्रीद्वारा स्वागत गराउँदै सरकारले कुन ढंगले कूटनीति अघि बढाउन खोजेको हो, त्यो बुझ्न नसकिएको परराष्ट्रविदहरुको जिकिरसंगै पूर्वराजदूत डा.दिनेश भट्टराईले आईएनजीओको सम्मेलनमा सहभागी हुन आएका र नेपालसंग द्विपक्षीय सम्बन्ध समेत नभएका विवादित विदेशी पाहुनालाइ नेपाल सरकारले कूटनीतिक परम्परा समेतको कुनै पर्वाह नगरी सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको बताए ।

साथै आयोजक संस्था युनि��र्सल पिस फेडरेसनले क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्ने सर्वत्र चर्चाभएसंगै आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्ता गरि आफ्नो अभिष्ट छाँयामा पार्नुको अलावा सहभागी पाहुनाको सामु सरकारको कुटनीति मामिला कमजोर भएको देखाउँदै औपचारिक भ्रमणको  सबै खर्च राज्यलाइ वोक्न लगाउँदै गर्दा र सहभागी पाहुना नेपालसंग द्विपक्षीय सम्बन्ध गाँस्न नआएको तथ्यप्रति सरकारले नजर अन्दाजप्रवृति  प्रस्तुत गरेको दावी गरेका छन ।

यसको ज्वलन्त उदाहरण कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विमानस्थलमा नेपाल हाम्रो मित्रराष्ट्र भएपनि नेपाल र कम्बोडियाको राजनीतिक प्रणाली नमिल्ने बताउँदै नेपालमा तपाईंहरूले जे गर्न खोज्नु भएको छ, त्यो हाम्रो प्रणालीअनुरुप नमिल्ने बताउनु रहेको जिकिर गरिएको छ ।
यसैवीच नेपाल समाजवादी कांग्रेसले त सो सम्मेलनकै विरोध गर्दै राजधानीका विभिन्न स्थानमा पर्चा   छरेका छन । पर्चामा ‘हिन्दु संस्कृति माथीको अतिक्रमण बन्द गरियोस्, , अमेरिकी साम्ररान्यवाद मुर्दावाद र अन्तर्राष्ट्रिय धार्मिक अतिवाद मुर्दावाद’ लेखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031