शनिबार, बैशाख ८, २०८१

काठमाडौं महानगरलाइ फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्ड

काठमाडौं मंसिर १,   काठमाडौं महानगरपालिका चीनको हुआन सहरमा “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्डबाट सम्मानित भएको छ । हुआनमा नोभेम्बर १४ — १६ ९ सम्म आयोजना भएको “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा महानगर अवार्डबाट सम्मानित भएको हो ।

उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी हुनुहुन्थ्यो । उहाँहरु सम्मेलन सकेर शनिवार स्वदेश फर्कनुभएको छ ।

 स्वदेश फिर्तीको क्रममा उहाँहरुलाई  संघीय संसद सदस्य रामवीर मानन्धर, महानगरका कार्यवाहक मेयर भरतलाल श्रेष्ठलगायतका जनप्रतिनिधि एवम् कामपाका अधिकारीहरुले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।  हुआनमा सम्पन्न सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तरराष्ट्रियसहित ८०० नगरका प्रतिनिधिको सहभागिता थियो । महानगरका प्रमुख उपप्रमुख नेतृत्वको टोली गत सोमवार  चीन प्रस्थान गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।