शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं डिष्ट्रिकको उदाहरणीय काम, क्यान्सर पिडित वालकको उपचार खर्च व्यहोर्ने उद्घोष

लायन्स क्लव अफ सिन्द्रेला सहित ५ वटा क्वलको संयुक्त ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न

काठमाडौं मंसिर ३,   लायन्स क्लव ईन्टरनेशनल ३२५ ए २ अन्र्तगत रहेका क्रमस लायन्स क्लव अफ काठमाडौं सिन्द्रेला , कागेश्वरी ओपेरा सिटी पर्ल सिटी र हेल्पीङ हर्ट गरी पाँच वटा क्लवको आइतवार एक कार्यक्रमकावीच संयुक्त ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न भएको छ । 

लायन प्रदिप खनालको सभापतित्वमा समपन्न उक्त कार्यक्रमका प्रमुख आतिथिमा लायन्स क्लबका मल्टिपल चेयर परर्सन डीआर खनाल डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्ग, मल्टीपल जीएमटी लिडर लायन शम्भु घिमीरे, प्रथम भीडिजी लायन शोभा जोशी, द्वितिय भीडिजी लायन डा। शुशीला मल्ल, जोन चीयर प्रर्सन निरञ्जन अर्याल र जोन चियरपर्सन लायन भरत प्रसाई लगायत विभिन्न लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब आफ काठमाडौं कागेश्वरीका तर्फबाट  क्यान्सर रोगको उपचार गराइ रहेका चौध वर्षीय मकवानपुरका बालक सुखरामको उपचार सहयोगार्थ रु १५ हजार राशी सहयोगको घोषणा गरेको थियो । त्यसलगत्तै कार्यक्रमलाइ सम्बोधन गर्दै डिष्ट्रिक गर्भनर लायन प्रधानाङ्गले कागेश्वरी क्लबले बालकको उपचारार्थ उपलब्ध गराएको सहयोग रकम बाहेक थप सहयोग अनुरुप बालकको सम्पूर्ण उपचार खर्च डिस्ट्रिकले व्यहोर्ने घोषणा गर्नु भएको थियो ।

त्यस अवसरमा शारिरीक असक्त ५६ वर्षीया सन्तु मल्ललाई व्हिल चीयर पनि हस्तान्तरण गर्नुको अलावा पाँच वटा क्लबहरुबाट चौध जना नया सदस्यहरुलाई डिष्ट्रिक गर्भनर पीनबाट सम्मान गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।