शनिबार, बैशाख ८, २०८१

काङ्ग्रेसमा एकता र मेलमिलापको विकल्प छैन : सभापति   देउवा

 काठमाडौ कार्तिक २५ , प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा सुवर्ण शमशेर कृतित्व समेटेर प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ छैठौँ श्रृखलाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलापको खाँचो औल्याउँदै एकता र मेलमिलाप काँग्रेसको पछिल्लो आवश्यकता भएको र यसको विकल्प नभएको बताउँg’ भएको छ।

त्यस्तै सभापति देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै बिपी र सुवर्ण शमशेरले स्थापना गर्नुभएको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति भएको  बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन विषम परिस्थतीमा समेत सुवर्ण शमशेरले पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गरेको जिकिर गर्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिमा पनि पार्टीको निति र विधानको उपेक्षा गर्नु नहुनेमा जोड दिनु भएको छ ।

त्यस्तै काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र सिर्जित बहसलाइ  नेतृत्वले सम्बोधन गर्नु पर्नेमा जोड दिदै पार्टी भित्र देखिएको यावत विषम परिस्थतीलाइ तत्काल यथोचित रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताउँनु भएको छ ।  प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा पूर्वसभामुख तारानाथ रानाभाट , हिमालय शमशेर ,दिव्यमणि राजभण्डारीले लगायतले तत्कालीन शिष नेताहरुको योगदालाइ पार्टीले सम्बोधन गर्न नसकेो बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।