बुधबार, बैशाख १२, २०८१

काङ्ग्रेसको चियापानमा नेकपाका अध्यक्ष प्रचण्डले भने-राष्ट्रिय मेलमिलापको नीति हिजोका दिनमा जति महत्वपूर्ण थियो आज पनि त्यतिकै आवश्यक छ

काठमाडौ कार्तिक १६, विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाली काङ्ग्रेसले आज भव्य र व्यवस्थीत रुपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छन ।
काङ्ग्रेस मुख्यालयमा आयोजित उक्त कार्यक्रममा सहभागी नेकपाका अध्यक्ष प्रचण्डले पत्रकारहरुसंग कुराकानी गर्ने क्रममा राजनीतिक स्थिरता र समृद्ध मुलुकका लागि बिपी कोइरालाले शुरु गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको हिजोका दिनमा जति महत्वपूर्ण थियो आज पनि त्यतिकै आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

त्यस्तै काङ्ग्रेस सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले चियापान कार्यक्रम अग्रज नेता बिपीले शुरु गर्नुभएको र पार्टीका लागि ऐतिहासिक महत्वको भएको बताउँदै मुलुकमा सहमति, सहकार्य र मेलमिलापको लागि सत्तारुढदल उदासिन भएको बताउनु भएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ,राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा, राजपा नेपालका नेता शरत्सिंह भण्डारी लगायत थुपै नेतागण मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहको थियो । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।