बिहिबार, चैत्र १५, २०८०

कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने काँग्रेसका पूर्व महामन्त्री सिंहको जिकिर

 काठमाडौ कार्तिक २४,  काठमाडौं काँग्रेसले दुइ दशक पछि आफ्नो भवन निर्माण कार्य पूरा गरेको छ । विसं २०५४ मा शिलान्यास गरिएको उक्त नव -निर्मितभवनको आज विधिवतरुपमा उद्घाटन समेत गरिएको छ । 

गणेशमान स्मृति भवन नामकरण गरिएको काठमाडौं काँग्रेस भवनको प्रजातन्त्रका पिता एवम् जनआन्दोल २०४६का सर्वोच्च कमाण्डर स्व: गणेशमान सिंहको १०४ औ जन्म जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमकावीच काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेता सिंहले विगतमा मुलुकको संविधान निर्माणको जिम्मेवारी कम्युनिष्ट सरकारले पूरा गर्न नसकेको जस्तै यसपटक पनि दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने जिकिर गर्दै यसको जिम्मेवारी पनि काँग्रेसकै काँधमा आउँने बताउँनु भएको छ ।

कार्यक्रममा काँग्रेस केन्दीय सदस्यद्धय गगन थापा, नवीन्द्र जोशी, अम्बिका बस्नेत, काठमाडौ काग्रेसका पूर्व सभापति भीमसेनदास प्रधान लगायतले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।