शुक्रबार, बैशाख ७, २०८१

कम्पनी रजिष्टारका उप–रजिष्टारद्वय पौडेल,रोकाया र सहायक रजिष्ट्रार पोखरेल सहित पाठ्यक्रमका लेखापाल दाहालविरुद्ध मुद्दा दायर

काठमाडौं मंसिर ११ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेआयोगले कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप–रजिष्टारद्वय गङ्गाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई त्यस्तै गरि पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्त्मिा  पाठ्यक्रम विकास केन्द्रका  लेखापाल  दाहालले  राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी गरिदिन माग गर्दा दाहालले रु २५ हजार घुस लिएको अभियोग लागेको उल्लेख गरिएको छ ।

त्यस्तै  आयोगले कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप–रजिष्टारद्वय गङ्गाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई  विरुद्ध  शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिजसंगको मिलेमतोमा हस्ताक्षर किर्ते गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई शेयर सम्पत्ति हक हस्तान्तरण गरी जग्गा बिक्री गर्ने कसुर गरेको सहित झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन ठगी गरेको अभियोगमा    मुद्दा दायर गरेको  जनाएको  छ । साथै  निजहरुलाइ सहयोग गर्दै मिलेमतो गरेको अभियोगमा जितबहादुर मगर, राजनप्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरजकुमार मानन्धर र प्रकाशविक्रम मिश्रविरुद्ध पनि आयोगले आजै मुद्दा दर्ता गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031