बिहिबार, चैत्र १५, २०८०

आज हरिबोधिनी एकादशी,उपत्यकाका चार नारायणमा विशेष पूजाअर्चना सहित मनाइदै

उपत्यकाको चाँगुनारायण, शेष नारायण, इचँगुनारायण र विशङ्खु नारायणमा विशेष मेला भर्न भक्तजनको घुइचो

काठमाडौं मंसिर ३ , आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी मनाइदै छ ।हरिबोधिनी एकादशीको अवसरमा देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी मनाइन्छ ।

यसक्रममा उपत्यकाकाको चाँगुनारायण, शेष नारायण, इचँगुनारायण र विशङ्खु नारायणमा विशेष मेला भर्न भक्तजनको घुइचो लागेको छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिएको शास्त्रमा उल्लेख गरिएको छ ।

हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।  यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । त्यस्तै हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारीएको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर फूल मालाले सजाएर तुलसीको विवाह गरिदिने परम्परा समेत रहिआएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।