बिहिबार, बैशाख ६, २०८१

अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रको विकासकालागि नेपाल सरकार प्रतिबद्ध: मन्त्री ज्ञवाली

काठमाडौ कार्तिक ३०, शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रको विकासका लागि नेपाल सरकार लागि परेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले नेपालले हालै निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन कार्यान्वयन गरेको र पछिल्ला वर्षमा साक्षरता प्रतिशत, खुद भर्नादर लगायतको पक्षलाइ हेर्ने हो भने दिगो विकासको लक्ष्यका लागि उत्साजनक अवस्था रहेको समेत बताउँनु भएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकासको लक्ष्य नं ४ मा रहेको शिक्षाका लक्ष्य पूरा गर्न सम्बन्धित सरकार र नागरिक समाजबीच सहकार्य हुनु पर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।