शनिबार, बैशाख ८, २०८१

३० हजार घुस लिने प्रहरी निरीक्षक महताविरुद्ध मुद्दा दायर

 काठमाडौ असोज १७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध आजविशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभए अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै रु ३० हजार घुस लिएको जनाईएको छ। छ ।
त्यस्तै विज्ञप्तिमा आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरीएको छ ।

यस्तै घर बहाल कर र सम्पत्ति करवापत राजश्व मिलाएर काटिदिने भन्दै सेवाग्राहीसँग रु १३ हजार घुस लिएको अभियोगमा आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।