शनिबार, बैशाख ८, २०८१

सामाजिक सञ्जालमा महिलाको नग्न फोटो सार्वजनिक गर्ने कामत पक्राउ

 नक्कली नागरिकता बनाउने परिपञ्चमा एक भारतीयसहित ३ पक्राउ

काठमाडौं असोज २१, धनुषा प्रहरीले २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कामलतले फेसबुकको फेक आइडी बनाएर महिला साथीसँग कुरा गर्ने र कुराकानीको क्रममा अनैतिक सम्बन्धका गरेको यौन प्रस्ताव  महिला साथीले इन्कार गरेपछि आफ्नो नग्न तस्बिर सार्वजनिक गरेको भन्ने पिडित महिलाको उजुरी पछि कामलाइ प्रहरी प्रक्राउ गरेको धनुषा प्रहरीलाइ उदृत गर्दैप्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

प्रहरीका अनुसार फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक भएको जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने कामतलाइ पक्राउ गर्दै साइबर क्राइमअन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यसैवीच धनुषा प्रहरीले नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेको जनाएको छ ।प्रहरीका अनुसार यसरी प्रक्राउ पर्ने अभियुक्तहरुमा क्रमस भारत सीतामढी जिल्ला कोरियाही २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ का ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी यसपूर्व नक्कली नागरिकता बनाउने कार्यमा सङ्लग्न रहे नरहेकाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।