शनिबार, बैशाख ८, २०८१

सहिद मेमोरियल अस्पतालद्दारा गम्भीर आत्मालोचना

काठमाडौँ असोज १५, सहिद मेमोरियल अस्पतालले आज एक बिज्ञप्ति प्रेसित गर्दै बिरामी बोक्ने एम्बुलेन्समा रक्सिको कार्टुन नियमन गर्ने निकाय को ?  शिर्षकमा छापिएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालद्दारा जारी विज्ञप्तिमा प्रकाशित समाचारमा उल्लेख भएको प्रसंग प्रति गल्ति स्वीकार गर्दै बिरामी बोक्ने एम्बुलेन्समा सामान ओसार प्रसार भएको र उक्त सामानमा रक्सिको कार्टुन देखिएता पनि कार्टुन भित्र रक्सी नभएर अन्य पेय पदार्थ पानि रेड बुल जुस भएको जानकारी गराएको छ ।

साथै एम्बुलेन्समा सामान ओसार प्रसार गर्न प्रतिबन्ध भएको परिप्रेक्ष्यमा अस्पतालको मिटिङ तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रमको लागि सोहि बाटो हुदै आएको खाली एम्बुलेन्समा अस्पतालका कर्मचारीहरुले सामान ल्याएको प्रति अस्पतालले गम्भीर आत्मालोचना गर्दै भविष्यमा यस प्रकारका कुनै पनि कमि कमजोरी हुन नदिन तथा यस प्रकारका गल्तीहरूमा अस्पताल सजग र सचेत रहेको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।