बिहिबार, बैशाख १३, २०८१

विद्युतीय पुस्तकालयको शिल्यान्यास

  काठमाडौ असोज २५, नेपाल पत्रकार महासङ्घले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आर्थिक तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा अत्याधुनिक सुविधासहितको विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याउने भएको छ ।

सञ्चारग्रामस्थित महासङ्घको भवनको दोस्रो तल्लामा फाउण्डेशनको सहयोगमा रु ३० लाखको लागतमा पुस्तकालय चालू आवभित्र सञ्चालनमा ल्याइने विद्युतीय पुस्तकालयको आज शिल्यान्यास गर्दै परम्परागत पुस्तकसहित डिजिटाइज्ड गरिएका पाठ्य सामग्री राखिने पुस्तकालयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सञ्चालन गरिने जानकारी दिईएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै सहयोगका लागि गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
त्यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पत्रकारिता राज्यको महत्वपूर्ण अंग भएका कारण महासंघसँग सहकार्य गरेको बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि गैरआवासीय संघ लागि परेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममानेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष कपिलदेव थापा महासचिव रमेश विष्ट महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दु गैरआसीय संघका प्रवक्ता भूषण घिमिरे लगायतले पुस्तकालयले नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय तहको ज्ञान सीप तथा सञ्जालमा जोड्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।