शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ बुगी वुगीबाट चर्चामा आएका सृष्टि र रविनको पहिलो म्युजिक भिडियो

काठमाडौं असोज २०, अन्र्तराष्ट्रिय डान्स रियालिटी शो बुगी वुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टी महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । रोनन सुव्वाको स्वरमा रहेको ‘सुनन् मैंया….. बोलको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन । गीतमा बाबु बोगटीको शव्द संगीत रहेको छ ।

सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुबैको डान्सले समेत प्राथमिकता पाएको छ ।

बुगी वुगीमा सार्वधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यि कलाकारहरुले भिडियोमा आफ्नो कलमय जादु छर्न सफल भएका छन् । बुगीवुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन् ।भिडियोमा अनिल के. मानन्धरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।