मङ्लबार, बैशाख ११, २०८१

महतोका हत्यामा संलग्न नेकपाको कार्यकर्ताहरुलाई  कारवाही गर्न माग

काठमाडौ कार्तिक १४ , नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले मुख्यालयले मंगलवार विज्ञप्ति जारी गर्दै महतोलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ, सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय रामविलास महतोलाई नेकपाका कार्यकर्ताहरूले गोली हानी हत्या गरेको घटनाको भत्र्सना समेत गरेको छ ।

गोली लागेर सोही वडाका काङ्ग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते हुनु भएको विज्ञप्तिमा उल्लेख छ । साथै घट्नाको अघिल्लो दिन वडाध्यक्षलाई कुटपिट गरिएको र त्यसको भोलिपल्ट उहाँकै घरमा आक्रमण गरेर गोली हानिएको जनाउँदै अप्रिय घट्ना घट्न सक्ने सम्भावना रहेपनि प्रहरी प्रशासनले सुरक्षा दिन नसक्नु अत्यन्त दुःखद भएको उल्लेख गरिएको छ ।

त्यस्तै पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनसहित उपसभापति विमलेन्द्र निधि आजै बिहान सर्लाही जाने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।