शुक्रबार, बैशाख १४, २०८१

मंसिर १५ मा कामना फिल्म अवार्डस्

काठमाडौं कार्तिक ११ , निजी क्षेत्रको पहिलो प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स् र यसको पहिलो प्रकाशन कामना सिने मासिक ३४ वर्ष पार गरी ३५ वर्ष पुगेको अवसरमा सिने मासिक कामनाले फिल्मअवार्ड्सको चौथो संस्करण अन्र्तगत लक्स कामना फिल्म अवार्डस् २०७५ आगामी मंसिर १५ गते आयोजना गर्ने भएको छ ।  लक्स कामना फिल्म अवार्डस् २०७५ मंसिर कामनाको प्रकाशन शुरु भएकै दिन पारेर मंसिर १५ गते आयोजना गर्न लागिएको हो। 

प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ लक्स स्टार अफ द इयर विधामा पनि अवार्ड प्रदान गरिनेछ। लक्स स्टार अफ द इयर विधाको मनोनयनमा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तीमा खड्का र आना शर्मा परेका छन्। यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजक पब्लिकेसन्स्ले जनाएको छ।
उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु-याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।