शुक्रबार, चैत्र १६, २०८०

धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने कुनैपनि कार्य किमार्थ मान्य नहुने प्रम ओलीको जिकिर

सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाकाबारेमा गरिएको आधारहीन प्रचारबाट प्रभावित नहुन प्रमओलीको आव्हान

काठमाडौ कार्तिक १३, प्रधानमन्त्री केपी आफ्नो उपचार हुँदै गरेको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज एक सन्देश जारी गर्दै मुलुकका केही भागमा धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको जनाउ सहित ति त्यस्ता कुनैपनि घटना मान्य हुन नसक्ने बताएका छन् ।

त्यस्तै उहाँले समाजीक सद्भाव खलबल्याउदै सुशासनलाई बिथोल्न नियोजितरुपमा गरिएको यस्ता आपराधिक कार्यप्रति सबैलाई सचेत बन्न आग्र गनर्स भएको छ । साथै सन्देशमा प्रम ओलीले सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाकाबारेमा गरिएको आधारहीन प्रचार मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दै आफु मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।