शुक्रबार, चैत्र १६, २०८०

दोस्रो चरणको ए डिभिजन लिग मङ्सिर १ देखि

 काठमाडौ कार्तिक ११, एन्फाको आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ ।

दशैँ र तिहारका कारण यसअघी एन्फाले लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल सम्पन्न गरिसकेका छन ।

अव दोस्रो चरणको खल अन्र्तगत मङ्सिरको १ गतेदेखि पूर्ण खेल तालिकासहित लिग शुरु हुने जनाउँदैलिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम  , ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल खेल्ने जनाएको छ । एन्फाका अनुसार लिग विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।