बिहिबार, बैशाख ६, २०८१

तराईका विभिन्न जिल्लामा झिझिया मनाउँदै

  •   धर्मेन्द्र कुमार यादव 

महोत्तरी असोज २६,  नेपालीहरुको महान् चाड बडादसैँको नवरात्रि सँगै तराईका विभिन्न ग्रामीण क्षेत्रका महिला र किशोरीहरुले झिझिया पर्व मनाउन सुरु गरेका छन् । भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बाच्न ग्रामीण क्षेत्र तराई मूलका महिला र किशोरीले नवरात्रिको नौ दिन साँझ राति नौ बजे झिझिया पर्व मनाउने गरेका छन् ।

महिला र किशोरीहरुको समूहले सानो प्वाल भएको माटाको घैँटामा दियो बालेर टाउकामा राखी ‘सबके दुअरिया झिझिया चमचम करेहु, “बाबाके दुअरिया अनहा कुपवेहो’ सबैको घरआँगनमा झिझियाको बत्ती जगमाइरहेको छ, बाबाके घरद्वार अन्हेरिये हो” बोलको झिझिया गीत गाउँदै नाच्दै टोल टोलमा घुम्ने गर्छ ।

नवरात्रिका अवसरमा बोक्सी तान्त्रिकले मन्त्रसिद्ध गर्न टुनामुना मन्त्र प्रयोग गर्ने हुनाले त्यसबाट बाच्न झिझिया पर्व मनाउने परम्परा चलिआएकोमा अब क्रमिक रुपमा लोप्त हुने अवस्थामा रहेको स्थानीय मिनादेबि र सोमिन्त्रा कुमारीले बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।