शुक्रबार, बैशाख ७, २०८१

ठगी मुद्दाका फरार अभिुक्त महर्जन पक्राउ लगत्तै कारागार चलान

 काठमाडौ असोज २३ ,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कामपा वडा नं १३ कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति सदस्य अजय महर्जनलाइ पक्राउ गरेको छ । महर्जनविरुद्धको ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७२ साल वैशाख १७ गते रु ४० लाख ७८ हजार ८८१ जरिवानाको फैसला गरे पनि महर्जन फरार रहदै आएको अवस्थामा आज पक्राउ गरेको व्युरोले जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

स्मरण रहोस आकर्षक व्याज र उपहारको प्रलोभन देखाई विभिन्न मितिमा निक्षेपकर्ताबाट सङ्कलित रकम रु चार करोड १७ लाख ५८ हजार ७१९ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरीद गरेको तथा निक्षेपकर्ताको सावा व्याजसमेत फिर्ता नगरी ठगी गरेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरु संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरिसकिएको जनाउँदै पक्राउ परेको महर्जनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौ  जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशानुसार केन्द्रीय कारागार चलान गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु