बिहिबार, चैत्र १५, २०८०

गुण्डा नाइके बस्नेतलाई ३ दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

 काठमाडौ असोज १७, सर्वोच्च अदालतले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका गुण्डा नाइके समीर बस्नेतलाई ३दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बस्नेतलाई सूचना पाएको ३ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । बस्नेतलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकी करणको रिट निवेदन दायर गरेका थिए ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।