बिहिबार, चैत्र १५, २०८०

आजबाट एकमहिने अर्धनारेश्वरको मेला सुरु

काठमाडौ कार्तिक ७ , प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चोभारस्थित अर्धनारेश्वर अर्थात आदिनाथमा लाग्ने मेला आजदेखि सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मालम्बीद्धारा पुजिने उक्त मेलामा हिन्दू सम्प्रदायले शिवशक्तिका रुपमा पूजाआजा गर्ने गर्दछन् भने बौद्ध धर्माबलम्बीले लोकेश्वरका रुपमा पूजा गर्ने गर्दछन ।

हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरमा श्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक मन्दिरमा मेला लाग्ने र आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।त्यस्तै मेलामा सहभागी हुन काठमाडौँ उपत्यका र आसपास क्षेत्रबाटका दर्शनार्थी आउने गर्दछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।